ad ad

समाज


सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेय इजलासमा, पहिलो नम्बरमै पेसी

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेय इजलासमा, पहिलो नम्बरमै पेसी

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:१०, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम निर्णयका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी चढेको छ।

यो मुद्दाको सुनुवाइका लागि आइबार पहिलो नम्बरमै पेसीमा राखिएको हो। यो मुद्दाको सुनुवाइ यसअघि कहिले न्यायाधीश अभाव त कहिले मुद्दाका पक्षकै आग्रहमा पटक पटक स्थगित हुने गरेको  थियो। 

तर मुद्दाका दुवै पक्षका वकिलहरूले बहस नोट बुझाएपछि यो मुद्दा सुनुवाइका लागि पहिलो पटक पेसीमा चढाइएको हो। 

अदालतले कात्तिक २३ गते दुवै पक्षलाई बहन नोट बुझाउन आदेश दिएको थियो। अदालतको आदेशसँगै दुवै पक्षले बहस नोट बुझाइसकेका छन्। बहस नोट पेश भएकाले अब यो मुद्दाको अन्तिम किनारा लाग्ने सम्भावना छ।

सन्दीपविरुद्धको यो मुद्दालाई सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकबाट टुंग्याउन आदेश दिएको थियो। तर न्यायाधीशहरूले विभिन्न कागजात माग्ने आदेश दिँदै जाँदा मुद्दा लम्बिएको छ। 

यो मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले कात्तिक २३ गते यही मंसिर २२ गतेभित्र दुवै पक्षका वकिललाई बहस नोट बुझाउन आदेश दिएको थियो।

यो मुद्दामा २०७९ फागुन १५ गते सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिँदा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) गर्न भनेको थियो।

अदालतले निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) प्रक्रिया अवलम्बन गरी छिटो किनारा लगाउन आदेश दिएको थियो। तर उक्त आदेशको एक वर्ष हुन लाग्दा पनि मुद्दा टुंगिन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .