ad ad

खेल


अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

नेपालखबर
मंसिर २४, २०८० आइतबार ११:५६, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गरेको छ। 

हेमन्त धामीले सातौँ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। 

लगत्तै हेमन्तले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डगआउट भए। 

त्यसअघि अलराउण्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर वाफीउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। 

अहिले क्रिजमा जम्सीद जड्रान ८ र र रहिमुल्लह जुरमती शुन्य रनमा नटआउट छन्। 

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले सातौ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ। 

नेपाललाई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित भए नेपालको सेमिफाइनल सम्भावना कठिन बन्नेछ। 

पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्न चाहन्छ। 

अफगानिस्तान पनि आजको खेलमा नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राख्न चाहन्छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .