समाज


रुकुम हत्याकाण्ड : यस्तो छ वडाध्यक्षसहित २४ जनालाई जन्मकैद फैसलाको पूर्णपाठ

रुकुम हत्याकाण्ड : यस्तो छ वडाध्यक्षसहित २४ जनालाई जन्मकैद फैसलाको पूर्णपाठ

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १८:२६, काठमाडौँ

अन्तरजातीय प्रेम गर्दा नवराज विकसहित ६ जना मारिएको मुद्दामा रुकुम जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। 

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले यही मंसिर १९ गते तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैद सजाय हुने फैसला सुनाएको थियो। 

बिहीबार त्यस फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको हो। सो फैसलाले नवराज विकसहित ६ युवालाई आक्रमणकारीहरूको ठूलो समूहले कुटपिट गर्दै र लखेट्दै भेरी नदीको भँगालोमा पुर्‍याई कसैले माथिबाट ढुंगा हान्ने र कसैले नदीको भँगालोमै पुगेर आक्रमण गरी नदीमा बगाएर हत्या गरेको ठहर गरेको छ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादीहरूले हुल बाँधी लखेट्दै हान्दै नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोबिन्द शाही समेतलाई भेरी नदीको भँगालोमा समेत पुर्‍याई कुटपिट गरेको मिसिल संलग्न घाइतेहरू महेश कार्की समेतका व्यक्तिहरूले गरेको बकपत्रबाट स्पष्ट खुल्दछ।’

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले गरेको फैसलामा ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनशायले समूहमा बसेर एकअर्कालाई हौस्याई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने भनी सर्वोच्च अदालतबाट प्रतिपादित दुई नजिरलाई आधार मानिएको उल्लेख छ। 

फैसलामा भनिएको छ, ‘नेपाल कानून पत्रिका २०५० अंक १, निर्णय नं. ४६८६ र २०७१ अंक ९, निर्णय नं. ९२४९ समेतको मुद्दामा सिद्धान्त प्रतिपादित भएको समेत देखिँदा उल्लिखित प्रतिवादीको सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आयो।’ 

हेर्नुहोस् फैसलाको पूर्णपाठ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .