ad ad

समाज


यस्तो छ माघ २० गतेको राशिफल

यस्तो छ माघ २० गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २०, २०८० शनिबार ५:२३, काठमाडौँ

वैदिक ज्योतिषमा व्यक्तिको जन्म राशि निर्धारण गर्नका लागि १२ राशि रहेका छन्। तिनीहरूको आफ्नै अलग-अलग विशिष्ट प्रकृति, गुण र प्रतीकात्मक चिन्ह छन्। राशि वास्तवमा आकाशमा अवस्थित ग्रहहरूको नक्षत्रको एक विशेष आकार र उपस्थितिको नाम हो।

गणनाको दृष्टिकोणबाट पहिलो राशि मेष मानिन्छ। दोस्रो वृष, तेस्रो मिथुन, चौथो कर्कट, पाँचौँ सिंह, छैटौँ कन्या, सातौँ तुला, आठौँ वृश्चिक, नवौँ धनु, दशौँ मकर, एघारौँ कुम्भ र बाह्रौँ मीन हो।

जन्म राशिको आधारमा व्यक्तिको निवास स्थान, व्यवसाय स्थल र व्यवसायको नामकरण गर्नु शुभ मानिन्छ।

मुख्यतया राशि चक्रका तीन प्रकार हुन्छन्- चन्द्र राशि, सूर्य राशि र नाम राशि। यसभित्र पनि तत्त्व, स्वभाव र लिङ्गका आधारमा राशिलाई उपविभाजन गरिएको हुन्छ।

यो त भयो राशिको सामान्य जानकारी । आज सम्वत् २०८० माघ २०। अङ्ग्रेजी पात्रो अनुसार ४ फेब्रुअरी २०२४। कुन राशिको फल आज कस्तो छ त? हेर्नुस् तलको विवरण-

मेष : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। साँझमा भने अनावश्यक केही धन खर्च हुनसक्छ।

यसैगरी आज मेष राशिको भाग्यशाली रङ्ग सेतो रहेको छ भने भाग्यशाली अङ्क २ रहेको छ। मेष राशि हुनेहरूमा आज प्रेम र सम्बन्धको सफलता प्रतिशत ५५ रहेको छ। त्यस्तै, व्यापारमा ६६ प्रतिशत, शेयरबजारमा ४९ प्रतिशत, वैदेशिक कार्यमा ७५ प्रतिशत, शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको आजको स्वास्थ्य ८५ प्रतिशत अनुकूल रहनेछ भने यात्रामा सरिक हुने योग ५०प्रतिशत रहेको छ।

मेष राशि हुनेहरूमा आजको सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग नगर्दा उत्तम हुनेछ।

वृष : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ काम वा रोजगारीको अवसर पनि मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। साँझमा भने स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग निलो रहेको छ भने भाग्यशाली अङ्क ४ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी व्यापारमा ७६ प्रतिशत, शेयरबजारमा ६५ प्रतिशत, वैदेशिक कार्यमा ४५ प्रतिशत, शिक्षामा ४० प्रतिशत, स्वास्थ्यमा ९० प्रतिशत र यात्रामा ६१ प्रतिशत सफलता मिल्नेछ।

वृष राशिको आजको सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ भने गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। त्यस्तै, हरियो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

मिथुन : परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। वैदेशिक कामबाट सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछन्।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग गुलाबी रहेको छ। भाग्यशाली अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ८५ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, व्यापारमा ७० प्रतिशत, शेयरबजारमा ६० प्रतिशत, वैदेशिक कार्यमा ८५ प्रतिशत, शिक्षामा ८० प्रतिशत, स्वास्थ्यमा ४५ प्रतिशत र यात्रामा ७१ प्रतिशत सफलता मिल्नेछ।

मिथुन राशिको आजको सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने सेतो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

कर्कट : आज महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला। सोचेभन्दा धेरै मेहनत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिएला। राजनीतिक कार्यमा पनि बाधा आउन सक्छ। दिनको उत्तरार्धमा भने शुभकार्यको चर्चा चल्नेछ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग पहेँलो हो भने भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७५, शेयरबजारमा ५१, वैदेशिक कार्यमा ७३, शिक्षामा ५५, स्वास्थ्यमा ६५ र यात्रामा ७१ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको आज सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कर्कट राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग नगरेकै राम्रो।

सिंह : आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुन सक्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। मनपर्ने व्यक्तिको साथ र सहयोग मिल्नेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। कतै घुम्न जाने योजना पनि बन्न सक्छ।

भाग्यशाली रङ्ग सेतो वा निलो रहेको छ भने भाग्यशाली अङ्क ४ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४५, शेयरबजारमा ४१, वैदेशिक कार्यमा ६१, शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य ५० प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ४४ प्रतिशत रहेको छ। आजको सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

सिंह राशि हुने आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो वा सेतो रङ्गको प्रयोग नगर्ने।

कन्या : शुभ कार्यमा सरिक भइनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। लामो यात्रा सुखद् र सफल हुनेछ।

कन्या राशि हुनेको आजको भाग्यशाली रङ्ग हरियो हो। त्यस्तै भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्धमा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, व्यापारमा ४९, शेयरबजारमा ४९, वैदेशिक कार्यमा ८१ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुने स्वास्थ्य आज ६७ प्रतिशत आफू अनुकूल रहनेछ। यात्राको यो ६१ प्रतिशत रहेको छ। यसैगरी आजको सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आज कन्या राशिलाई उत्तम रहेको छ। खरानी रङ्गको प्रयोग नगर्दा ठिक हुन्छ।

तुला : आज नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

आकाशे रङ्ग आजको भाग्यशाली रङ्ग हो भने भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५३, शेयरबजारमा ७०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

आज तुला राशि हुनेहरूको स्वास्थ्य अनुकूलता ६३ र यात्राको योग ७१ प्रतिशत रहेको छ। सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ।

दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट नबोल्दा नै श्रेयस्कर हुनेछ।

वृश्चिक : आफन्तसँग भेटघाट हुनेछ। लाभहानि, सुखदुःख बराबरी हुने मध्यम खालको दिन छ। मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ। घरपरिवारमा झै-झमेलाको अवस्था आउला तर धार्मिक कार्यमा मन चाहिँ लाग्नेछ।

भाग्यशाली रङ्ग रातो रहेको छ भने भाग्यशाली अङ्क ७। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, शेयरबजारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

वृश्चिक राशि हुनेलाई आज स्वास्थ्यले ४९ प्रतिशत साथ दिनेछ भने यात्राको योग ६१ प्रतिशत रहेको छ। यस्तै, सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ।

विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशा नजानु बेस हुनेछ।

धनु : आजको दिन लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। तर, लत्ताकपडामा बढी खर्च हुने र सामान हराउने योग छ।

धनु राशिको आजको भाग्यशाली रङ्ग पर्पल रहेको छ भने भाग्यशाली अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७१, शेयरबजारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ७२ र यात्राको योग ५० प्रतिशत रहेको छ। यो राशि हुनेले आज विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। तामसिक भोजन नगर्नु उत्तम हुनेछ।

मकर : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जन कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक काममा बढी सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय पनि छ।

आजको भाग्यशाली रङ्ग गुलाबी वा कालो हो। भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, शेयरबजारमा ७०, वैदेशिक कार्यमा ८५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६६ र यात्राको सम्भावना ९० प्रतिशत रहेको छ। त्यस्तै, आजको सम्पूर्ण भाग्याङ्क ८५ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्ने।

कुम्भ : आज अतिथिका रूपमा सम्मान पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। साथीको सहयोग र हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। कतै घुम्न जाने योजना बन्न सक्छ।

यो राशिको आजको भाग्यशाली रङ्ग हरियो रहेको छ भने भाग्यशाली अङ्क १हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ५१, शेयरबजारमा ५२, वैदेशिक कार्यमा ६० र शिक्षामा ७७ प्रतिशत सफलता पाइनेछ।

स्वास्थ्यस्थिति ६१ प्रतिशत ठिक रहनेछ भने यात्राको योग ७५ प्रतिशत रहेको छ। यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ८७ प्रतिशत रहेको छ। त्यस्तै, हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने दक्षिण दिशाको यात्रा नगर्दा बेस हुनेछ।

मीन : अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउला। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।

मीन राशिको आजको भाग्यशाली रङ्ग घिउ रङ्ग हो भने भाग्यशाली अङ्क २ रहेको छ। यो राशि हुनेलाई आज प्रेम र सम्बन्धमा ३३, व्यापारमा ६६, शेयरबजारमा ४१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अवस्था ५६ प्रतिशत ठिक रहनेछ भने ४६ प्रतिशत यात्राको सम्भावना रहेको छ। त्यस्तै, मीन राशिको आजको सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेले आज अग्रज व्यक्तिसँग सुझाब लिनु बेस हुनेछ भने छलकपट गर्नाले आफैँलाई हानि गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .