ad ad

समाज


सशस्त्र प्रहरीका चारजना डीआईजी काज सरुवा

सशस्त्र प्रहरीका चारजना डीआईजी काज सरुवा

नेपालखबर
माघ २५, २०८० बिहिबार १८:५९, काठमाडौँ

सशस्त्र प्रहरीले चारजना नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार चारजना डीआईजीको काज सरुवा गरेका हुन्।

डीआईजी गणेश ठाडा मगरलाई सीमा सुरक्षा विभागबाट ३ नम्बर गढीमाई बाहिनी मकवानपुरमा काज सरुवा गरिएको छ।

त्यसैगरि दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा गरिएको छ।

उता लक्ष्मणबहादुर सिंहलाई नं. ३ गढीमाई बाहिनी मकवानपुरबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।

त्यसैगरि प्रदीपकुमार पाललाई ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .