आज (मंगलबार) राति देशका पहाडी भेगमा गड्याङगुडुङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण छ।
महाशाखाका अनुसार राति देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।
अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया