ad ad

समाज


एआईजी ज्ञवालीले सर्वोच्चमा दायर गरेको रिट फिर्ताका लागि दिए निवेदन

एआईजी ज्ञवालीले सर्वोच्चमा दायर गरेको रिट फिर्ताका लागि दिए निवेदन

नेपालखबर
असोज ६, २०८१ आइतबार १४:२६, काठमाडौँ

नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सर्वोच्च अदालतमा रिट फिर्ता गर्न निवेदन दिएका छन्।

पदमा बहाल रहँदा उनीसहित प्रहरीका ५ अधिकारीले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

तर सर्वोच्च अदालतले उनीहरूको मागअनुसार अन्तरिम आदेश नदिएपछि रिट फिर्ताका लागि निवेदन दिइएको हो। 

ज्ञवालीले रिट फिर्ताका लागि दिएको निवेदन यसअघिको रिटसँगै राखेर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

आइतबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा यो रिट सुनुवाइ भइरहेको छ।

एआईजी ज्ञवाली भने उमेर हदकै कारण भदौ २६ गते अनिवार्य अवकाश भइसकेका छन्। आफ्नो अवकाश नै भइसकेकाले र अन्तरिम आदेश पनि नआएकाले ज्ञवालीले रिट फिर्ता लिन निवेदन दिएका हुन्।

उनको निवेदनसँगै यसअघि रिट पनि खारेज हुने सम्भावना छ।उनीबाहेकका अधिकारी भने अहिले पनि नेपाल प्रहरीमै कार्यरत छन्।

डीआईजी राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै रिट दायर गरेका थिए।

तर उनीहरूको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सार‌ंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। तर अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .