पोखरास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङको शव पाँच दिनपछि फेला परेको छ।
यही फागुन १३ गते सेतीमा माछा मार्ने क्रममा खसेर बेपत्ता भएका ४५ वर्षीय तामाङको शव शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
तामाङको शव पोखरा महानगरपालिका-१५ पट्नेरी क्षेत्रस्थित सेतीको ढुंगामा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरहरूले तामाङको खोजी ब्यापक बनाएका थिए।
चार दिनसम्म खोज्दा पनि नभेटिएपछि प्रहरीले बिहीबार सेती नदीको बाँध पनि खोलेको थियो।
189
Shares
प्रतिक्रिया