समाज


काभ्रेमा खोलामा डुबेर २६ वर्षका युवकको मृत्यु

काभ्रेमा खोलामा डुबेर २६ वर्षका युवकको मृत्यु

नेपालखबर
चैत ६, २०८० मंगलबार ७:४०, काठमाडौँ

काभ्रेको नमोबुद्धमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। 

सोमबार दिउँसो नमोबुद्ध गाउँपालिका- ६ रोशी खाक्से बार्का खोलामा डुबेर सोही ठाउँका २६ वर्षीय कान्छामान बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिक स्थानीय काँसीखण्ड बृहत खानेपानि आयोजनामा काम गर्दै आएका मजदुर हुन्। सँगै काम गर्ने काभ्रेको रोशी गाउँपालिका- ८ खार्पा निवासी ४० वर्षीय अमर कामी र रोशी- १० वाल्टिङ का २२ को मनोज थापा मगरसँगै उनी पौडी खेल्न गएको बेला गहिरो दहमा डुबेका हुन्। 

दहमा डुबेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी भकुण्डेबाट प्रहरी नायव निरीक्षक सुनकाजी तामाङको कमाण्डमा गएको प्रहरीले बिकको शव खोलाबाट निकालेर पोष्टमार्टमको लागि अस्पताल पठाएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .