ad ad

समाज


बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा : गृहसचिव अर्याल

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा : गृहसचिव अर्याल

नेपालखबर
चैत १४, २०८० बुधबार ११:४७, काठमाडौँ

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा रहेको बताएका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो जानकारी दिएका हुन्।

गत पुस १३ ग ते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो। अछाम, चौरपाटीका वीरेन्द्र शाह र दैलेख महाबुका सुजन राउतको मृत्यु भएको उक्त घटनालाई लिएर सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।

हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र बन्द हडतालका कार्यक्रम नरहेको उनको भनाइ छ। पर्यटक संख्या भएको र एक महिनामा एक लाख पर्यटक भित्रिएको पनि उनले समितिमा जानकारी गराए।

अपराध नियन्त्रण र सीमा सुरक्षामा विशेष सरकारले विशेष ध्यान केन्द्रित गरेको उनले बताए। आत्महत्या, बैंकिङ कसुर, चोरी र हत्याजस्ता घटना अन्यभन्दा ८० प्रतिशतले बढेको जानकारी पनि उनले दिए।

प्रमुख जिल्ला अधिकारीलाई प्रभावकारी सेवा, नियमन र उद्धारका लागि निर्देशन दिएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .