ad ad

कला


नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने

नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने

नेपालखबर
चैत १४, २०८० बुधबार १२:२, काठमाडौँ

नेपाल ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुने यो महोत्सव बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप नगर पालिकामा सञ्चालन हुनेछ। 

जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो। प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिनेछ। 

साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संम्वाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन्। मगरले आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको बताए। 

महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउनेछन्। साथै चलचित्रका सम्बन्धित ब्यक्तिहरुसंग गाउँका दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन्। रामेछाप जिल्ला सिनेमाहलहरु छैनन्। 

सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .