ad ad

समाज


पोखरामा २६ मिलिमिटर वर्षा, अन्त कहाँ कति पर्‍यो पानी?

पोखरामा २६ मिलिमिटर वर्षा, अन्त कहाँ कति पर्‍यो पानी?

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १०:५२, काठमाडौँ

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ। 

पोखरापछि धेरै वर्षा ओखलढुंगामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस अवधिमा पोखरामा २६ मिलिमिटर र ओखलढुंगामा १३.३ मिलिमिटर वर्षा भएको हो। 

त्यसैगरी ताप्लेजुङमा ५.४, काठमाडौँमा २, सिमरा, विराटनगर, धनकुटा लगायतका ठाउँमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज पनि देशभरको मौसम बदली छ। अहिले पनि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने र रोकिने क्रम दिनभरी नै जारी रहने छ।  ‘ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहने देखिन्छ,’ उनले भने। 

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको कारण मौसम बदली र वर्षा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .