समाज


कानुनका २ सचिवसहित ३२ अधिकृतको जिम्मेवारी हेरफेर

कानुनका २ सचिवसहित ३२ अधिकृतको जिम्मेवारी हेरफेर

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १८:१७, काठमाडौँ

न्याय सेवा आयोगले दुई कानुन सचिवको जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेको छ।

सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गर्न आयोगले सिफारिस गरेको छ।

उनी सोही आयोगमा काजमा खटाइएका थिए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको दरबन्दीमा रहेका उनलाई आयोगमा सरुवा हुने भएका हुन्।

यस्तै सचिव फणीन्द्र गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्न सिफारिस भएको छ। गौतम यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको दरबन्दीमा रही मन्त्रालयमा काजमा खटिएका थिए।

सहरजिस्ट्रार हरिराज कार्कीको सर्वोच्च अदालतको काजलाई सरुवामा परिणत गरिणत गर्ने न्याय सेवा आयोगको निर्णय छ।
विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको काज पनि सरुवामा परिणत हुने भएको छ।

उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगन्जकी रजिस्ट्रार रामप्यारी सुनुवारलाई हेटौँडा सरुवा गर्ने निर्णय भएको छ।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .