ad ad

समाज


खगेन्द्र संग्रौला भन्छन्: सरकारले अरिंगालको गोलोमा हात हाल्यो, अब नतिजा भोग्छ

खगेन्द्र संग्रौला भन्छन्: सरकारले अरिंगालको गोलोमा हात हाल्यो, अब नतिजा भोग्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लेखक खगेन्द्र संग्रौला


नेपालखबर
जेठ १०, २०८१ बिहिबार १०:५१, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ सामान्य घटना भएको र यसमा धेरै होहल्ला गर्न जरुरी नरहेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रेस स्वतन्त्रताका पक्षपातीले विरोध जनाउन थालेका छन्। 

यसै क्रममा नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले सरकारले अरिंगालको गोलोमा हात हालेको भन्दै अब यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। 

‘ज्ञानशाही फौजी आतंकको शैलीमा गरिएको कैलाश सिरोहियाको गिरफ्तारी सामान्य अदालती प्रक्रिया हो, यसबारे बढ्ता हल्ला नगर भनी प्रम (प्रधानमन्त्री) पुकदा (पुष्पकमल दाहाल) ले लोकलाई दच्काउन खोजेछन्’, संग्रौलाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरिङ्गालको गोलोमा हात घुसार्दा नतिजा के हुन्छ, किम जोङ उनमुखी शाकहरूले अब देख्न, भोग्न र पाठ सिक्न पाउने नै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .