आज (बुधबार) राति पनि देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेश र देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) हुनेछ। अनि देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) रहने छ।
यस क्रममा राति कोसी प्रदेशका थोरै स्थान साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा भने राति वर्षा हुने सम्भावना मात्र १० प्रतिशत देखिएको महाशाखाले जनाएको छ।
यसका साथै राति कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायु र बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।
Shares
प्रतिक्रिया