ad ad

समाज


प्रहरीको उमेर हद अध्ययन गर्न गृहले बनायो कार्यदल

प्रहरीको उमेर हद अध्ययन गर्न गृहले बनायो कार्यदल

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८१ बिहिबार ११:५९, काठमाडौँ

प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। 

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। 

गृहमन्त्री रवि लामिछानेको सचिवालयअनुसार, कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहने गरी कार्यदल बनाइएको हो। 

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .