ad ad

समाज


राति यी ४ प्रदेशमा वर्षाको सम्भावना बढी

काठमाडौँ उपत्यकामा?
राति यी ४ प्रदेशमा वर्षाको सम्भावना बढी

फाइल फाेटाे


नेपालखबर
जेठ २०, २०८१ आइतबार २०:४, काठमाडौँ

आज (आइतबार) राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ भने बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश लगभग सफा) रहने छ। 

यस क्रममा राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच राति काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा राति वर्षा हुने सम्भावना ३० प्रतिशत देखाइएको छ। 

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का तथा १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .