ad ad

समाज


सामाजिक सञ्जालको सिकार बन्दै बालबालिका

सामाजिक सञ्जालको सिकार बन्दै बालबालिका

‘प्रहरीसँग पीडितकेन्द्रित अनुसन्धानसम्बन्धी छलफल’मा सहभागी


नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:४२, काठमाडौँ

पछिल्लो समय बालबालिका सामाजिक सञ्जालबाट हिंसामा पर्ने क्रम बढेको छ। अनलाइनमार्फत हिंसामा परेका बालबालिकाको उजुरी पर्ने क्रम बढेको प्रहरी अधिकारीहरूको भनाइ छ।

यसै साता बालबालिका क्षेत्रमा सक्रिय संस्था सिविसले गरेको ‘प्रहरीसँग पीडितकेन्द्रित अनुसन्धानसम्बन्धी छलफल’मा सहभागी प्रहरी अधिकृतहरूले अहिले समाजमा यस्ता घटना निकै बढेको बताएका हुन्।

ती अधिकृतहरूका अनुसार, सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, टिकटकलगायत विभिन्न प्लेटफर्मबाट पीडित हुने बालबालिकाको संख्या धेरै छ। बालबालिका बढी सामाजिक सञ्जालमा केन्द्रित हुनु र अभिभावकले ध्यान नदिएको कारण पनि यस्ता घटना बढ्दै गएको सिविसको भनाइ छ।

ठगी, प्रलोभन र अन्य प्रकारका अपराधका मुद्दामा बालबालिका पीडित हुने गरेको साइबर ब्यूरोले जनाएको छ।

सामाजिक सञ्जालबाट बालबालिकाहरू कसरी पीडित भइरहेका छन् र कसरी जोगाउने भन्ने विषयमा व्यापक सचेतना फैलाउनु आवश्यक रहेको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी दीपकराज अवस्थीले बताए।

हरेक जिल्लामा यस्ता घटनाको उजुरी दिन सकिने र अनलाइनबाट पनि उजुरी लिने गरिएको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .