ad ad

समाज


खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम थालियो

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम थालियो

नेपालखबर
असोज २०, २०८१ आइतबार १७:३१, काठमाडौँ

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु भएको छ। 

हेटौंडाबाट बेलिब्रिजका सामान लगेर आजबाट बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ। 

बीपी राजमार्ग र पुष्पलाल राजमार्ग जोड्ने सुनकोसी नदीको १ सय मिटरको पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो।

लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो। रामेछाप जोड्ने बीपी राजमार्ग अस्थाई रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोसीमा बेलिब्रिज राख्न थालिएको हो। 

रामेछाप जोड्न सित्खा र दोलखा हुँदै जान सकिन्छ। खुर्कोटको पुल बगेपनि सडक सम्बन्ध भने टुटेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .