ad ad

समाज


राति वर्षाको सम्भावना कहाँ–कहाँ?

काठमाडौँमा के होला?
राति वर्षाको सम्भावना कहाँ–कहाँ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १८:२२, काठमाडौँ

यतिबेला (शुक्रबार साँझ ६ बजे) देशका पहाडी भेगमा आंशिक बदली (पातलो बादल) तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (आकाशमा डम्म बादल) रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा राति कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैबीच राति काठमाडौँ उपत्यकाको मौसम पनि आंशिक बदली रहने र क्षणिक वर्षाको सम्भवना रहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाले काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना भने २० प्रतिशत मात्र देखाएको छ। 

राति भन्नाले मौसम महाशाखाले आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ।

मौसमविद्का अनुसार अहिले नेपालको मौसममा स्थानीय वायुको मात्र प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .