ad ad

समाज


रूकुम पश्‍चिममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रूकुम पश्‍चिममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालखबर
जेठ २८, २०८१ सोमबार १३:५२, काठमाडौँ

रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१ निपानेस्थित सडकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

मुसिकोट सल्लेदेखि छिनखेततर्फ जाँदै गरेको क प्र ०२ ००१ च ०४१३ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। 

प्रहरीका अनुसार, आइतबार राति भएको सो दुर्घटनामा उक्त बोलेरो जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो। 

दुर्घटनामा परी सुर्खेत गुर्भाकोट गाउँपालिका–८ मेहेलकुना बस्ने ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ समेत ३ जनाको मृत्यु भएको प्रहरीले जानकरी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .