काभ्रेपलाञ्चोकमा सवारी साधन दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
बुधबार अपरान्ह रोशी गाउँपालिका १० डाडागाउँस्थित भित्री सडक खण्डमा बनेपाबाट महाभारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च. ०७७९ नं. बोलेरो गाडीको ब्रेक फेल भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरुमा गाडी चालक काभ्रेको महाभारत गाउँपालिका–७ बन्खु बस्ने वर्ष २९ को सविन घलान (हात र छातीमा गहिरो चोट अबस्था मध्यम), सोही ठाउँका वर्ष ५५ को दुर्गा बहादुर पाख्रिन (दुवै हातमा चोट, अवस्था मध्यम), जोमो माया पाख्रिन (दुवै हातमा चोट अवस्था सामान्य), तथा वर्ष १७ को सोनाम मोक्तान (देव्रे हात भाँच्चिएको अवस्था मध्यम) रहेका छन्।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडी घटनास्थल रहेको छ भने बाटो अवरोध नभएको पनि प्रहरीको भनाई छ।
Shares
प्रतिक्रिया