ad ad

समाज


दसैँ किनमेलले खचाखच न्युरोड–असन (तस्बिरहरू)

दसैँ किनमेलले खचाखच न्युरोड–असन (तस्बिरहरू)

सरोज बैजु
असोज १९, २०८१ शनिबार २०:४१, काठमाडौँ

नेपालीहरूको महान चाड बडादसैँ सुरु भएको छ। घटस्थापनाले विधिवत रुपमा सुरु भएको मुख्य चाड दसैँ मनाउन सर्वसाधरणहरू तयारीमा लागेका छन्। 

यसैबीच काठमाडौँको व्यापरिक केन्द्र न्युरोड, असन, जमल लगायका क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड बढेको छ। 

शनिबार बिदाको दिन पारेर किनमेल गर्नेहरूको भिड बढ्दा रत्नपार्क, जमल, न्युरोड गेट, भोटाहिटी लगायतका क्षेत्रमा सवारी चाप बढेको देखिन्थ्यो।

एक सातायता नयाँ सडक, असन, रत्नपार्क भोटाहिटी, जमल, सुन्धारा क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड छ।

सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .