ad ad

समाज


मेषले महिला मित्रबाट विशेष सहयोग पाउने, वृषको लगानीमा रहेको रकम फिर्ता आउने, तपाईँको के? हेर्नुस् असार २ को राशिफल

मेषले महिला मित्रबाट विशेष सहयोग पाउने, वृषको लगानीमा रहेको रकम फिर्ता आउने, तपाईँको के? हेर्नुस् असार २ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार २, २०८१ आइतबार ४:४९, काठमाडौँ

आज आइतबार, २ असार २०८१ (१६ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२ व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने । कालो रङ्गको प्रयोग नगर्ने ।

वृष : लगानीमा रहेको रकम फिर्ता आउनसक्छ। सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सहकर्मीबाट विरोध आउनसक्छ।

भाग्यशाली रङ्ग घ्यू रङ्ग र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : काम गर्ने हौसला मिल्नेछ र सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। आस्था बढेर जानेछ तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ। सचेत रहनुहोला। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी बस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने ।   

कन्या : पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ। पुनर्मिलनको योग पनि रहेको छ। अध्ययन अध्यापन सफल रहनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्।

भाग्यशाली रङ्ग घ्यू रङ्ग र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने ।

तुला : आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने।

वृश्चिक : पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।  प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने । आज भरिसक्के लामो यात्रा नगर्ने।

धनु : सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। विपरीत वर्णप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ्ग पहेँलोर भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङ्गको प्रयोग नगर्ने।

मकर : नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। विधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणयसम्बन्ध प्रगाढ हुने समय छ। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

भाग्यशाली रङ्ग निलोर भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा  ७१, वैदेशिक कार्यमा ६२
र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङ्गको प्रयोग नगर्ने।

कुम्भ : विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनसक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ तर शिक्षामा सफलता मिल्नेछ। 

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा  ४९, वैदेशिक कार्यमा ४९,     
र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क  ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

मीन : सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। कारोबारमा सफलता पाइएला।  

भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा  ७५, वैदेशिक कार्यमा ५८%,     
र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .