मनसुन पाँच प्रदेशमा विस्तार भएयता देशका अधिकांश स्थानमा वर्षा भएको छ।
यसै क्रममा पछिल्लो २४ घण्टामा मुलुकका १६ स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बिहान ११ बजे प्रकाशन गरेको विवरणमा उल्लेख गरिएको छ।
उक्त अवधिमा सबैभन्दा धेरै रुकुम पश्चिमको मुसिकोटमा ८९ मिलिमिटर वर्षा भएको छ। यसपछि क्रमशः दाङको घोराहीमा ७४.२, प्युठानको रजवारामा ६७, बागलुङको गलकोटमा ६६, गुल्मीको भार्सेमा ६४.८ तथा बाँकेको सिक्टामा ६४.२ मिलिमिटर वर्षा भएको छ।
यसैगरी पर्वतको कार्कीनेता ६४.६, गुल्मीको तम्घासमा ६२.८, लमजुङको घरेढुंगा ५८.८, गोरखाको बारपाकमा ५७.४ तथा सिन्धुपाल्चोकको बाह्रबिसे ५३.८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाको विवरणअनुसार स्याङ्जाको स्याङ्जामा ५२.६, दाङको सुखबारेमा ५२.४, नवलपुरको दुम्कौलीमा ५२.४, म्याग्दीको दरबाङमा ५२.२ र दाङको अम्बापुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरदेखि मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।
यो पनि : मनसुनको प्रभाव: ४ प्रदेशमा वर्षा जारी, कस्तो रहला अबको ३ दिन देशभरको मौसम?
Shares
प्रतिक्रिया