ad ad

समाज


राति यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा?
राति यी स्थानमा वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार १, २०८१ शनिबार २०:२२, काठमाडौँ

हाल (शनिबार बेलुका) कोसी प्रदेशमा साधारणतया बदली, मधेस, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भई बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (आकाश खुला) छ। कोसी, गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको प्रक्षेपणअनुसार आज राति कोसी, मधेस र बागमती प्रदेशसहित गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशसहित      देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच यतिबेला (शनिबार बेलुका) काठमाडौँ उपत्यकाको मौसम पनि बदली (आकाशमा बादल) भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 

‘काठमाडौँ उपत्यकामा राति पानी पर्ने सम्भावना ३० प्रतिशत देखिएको छ’, उनले भने।  

मौसमविद्का अनुसार हाल देशको पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहारआसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .