ad ad

समाज


राति यी ४ प्रदेशमा पानी पर्ने, काठमाडौँमा पनि

राति यी ४ प्रदेशमा पानी पर्ने, काठमाडौँमा पनि

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार ३, २०८१ सोमबार २१:१८, काठमाडौँ

हाल (सोमबार बेलुका) कोसी प्रदेश, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा बाँकी भूभागमा आंशिक बदली (पतालो बादल) देखि मुख्यतया सफा (लगभग आकाश खुला) छ।

गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यसैबीच अहिले राति काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ। 

राति भन्नाले मौसम महाशाखाले भोलि मंगलबार बिहान ६  बजेसम्मको अविधिलाई मानेको छ। 

मौसमविद्का अनुसार हाल देशको पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .