ad ad

समाज


बालश्रम निषेधसम्बन्धी विधेयकको मस्यौदाबारे सरोकारवालाले के भने?

बालश्रम निषेधसम्बन्धी विधेयकको मस्यौदाबारे सरोकारवालाले के भने?

नेपालखबर
असार ८, २०८१ शनिबार १९:५०, काठमाडौँ

बालश्रम (निषेध र नियमन गर्ने) विधेयक, २०८० को मस्यौदामा सरोकारवालाहरूले छलफल गरेका छन्।

बालश्रमसम्बन्धी राष्ट्रियस्तरको नीति संवादअन्तर्गत समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) काठमाडौँले आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदाबारे छलफल गरिएको हो। 

छलफलका क्रममा केन्द्रीय बाल कल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले मस्यौदामा टिप्पणी गरे।

मस्यौदाका मुख्य व्यवस्थाबारे जानकारी दिँदै थप परिमार्जन तथा परिभाषित गर्नुपर्ने उनले बताए। उनले मस्यौदाका कतिपय विषय अस्पष्ट रहेकाले तिनलाई प्रस्ट पारिनुपर्ने बताए। 

कार्यक्रममा विभिन्न क्षेत्रका बालबालिकाले तयार पारेका बालश्रम (निषेध र नियमित गर्ने) विधेयक, २०८० (मस्यौदा) माथिको सुझाव प्रस्तुतीकरण गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएका थिए।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत महेश कृष्ण महर्जन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी शाखा अधिकृत सीता बेल्बासे, राष्ट्रिय बालअधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द, गाउँपालिका महासंघ कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल र नगरपालिका संघकी जेसी फोकल पर्सन ज्योति शर्माले बालश्रम अन्त्य गर्न आफ्ना तर्फबाट प्रतिबद्धता जनाएका थिए। त्यस्तै सरोकारवालाका तर्फबाट आएका सुझावसमेत ऐनमा समेट्ने वाचा पनि गरे।  

असार ६ गते भएको कार्यक्रममा सिविस अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि सबै क्षेत्रको भूमिका अपरिहार्य रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .