ad ad

राजनीति


नेपालबाट बंगलादेश बिजुली निर्यात ऊर्जामा उपक्षेत्रीय सहकार्यको पहिलो उदाहरण : मोदी

नेपालबाट बंगलादेश बिजुली निर्यात ऊर्जामा उपक्षेत्रीय सहकार्यको पहिलो उदाहरण : मोदी

नेपालखबर
असार ८, २०८१ शनिबार १९:५१,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण भएको बताएका छन्।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदी सो परियोजनाको विषयमा बोलेका हुन्।

‘भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण बनेको छ,’ बंगलादेशसँगका उपलब्धिहरु उल्लेख गर्ने क्रममा मोदीले भने।

नेपाल र बंगलादेशबीच हाल ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय ग्रिड प्रयोग गरी ५० मेगावाटसम्म बिजुली बंगलादेश निर्यात गर्न भारतले स्वीकृति दिएको थियो।

यसबारे नेपाल र बंगलादेशबीच अन्तिम सम्झौताको तयारी भइरहेको छ। 

मोदीले संयुक्त पत्रकार सम्मेलनमा बंगलादेश भारतको छिमेक पहिलो, एक्ट इस्ट नीति, भिजन सागर र इन्डोप्यासिफिक भिजनमा पनि पर्ने बताएका थिए।

हसिनाले जवगाफमा भारत बंगलादेशको प्रमुख विश्वासिलो छिमेकी भएको उल्लेख गरिन्।

दुवै मुलुकबीच टिस्टा संरक्षण परियोजनादेखि, रक्षा, कनेक्टिभिटीलगायतका क्षेत्रमा सहमति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .