ad ad

समाज


कलंकी ट्रेड सेन्टरमा सटर दिने भन्दै झण्डै १४ करोड ठगी आरोपमा ६ जना सञ्चालक पक्राउ

कलंकी ट्रेड सेन्टरमा सटर दिने भन्दै झण्डै १४ करोड ठगी आरोपमा ६ जना सञ्चालक पक्राउ

नेपालखबर
असार ११, २०८१ मंगलबार १६:३७, काठमाडौँ

सटरको स्वामित्व हस्तान्तरण गर्ने भन्दै झण्डै १४ करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२२ न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेट प्रालि सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्यलगायतका सञ्चालक पक्राउ परेका छन्।

बज्राचार्य समेतका व्यक्तिहरूले कलंकी टेड्र सेन्टरका व्यापारिक ईकाई (सटर) हरूको स्वामित्व हस्तान्तरण गर्ने जाहेरवालाहरूबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने वर्ष ६८ को नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका–१६ बस्ने वर्ष ५१ को राजु महर्जन, ललितपुर महानगरपालिका–१० कुपण्डोल बस्ने वर्ष ६२ को राजेश कृष्ण श्रेष्ठ, पाल्पाको तानासेन नगरपालिका–६ घर भई हाल काठमाडौं–१३ बस्ने वर्ष ५३ को निरन्जन कुमार श्रेष्ठ, कास्कीको रुपा गाउँपालिका७ घर भई हाल काठमाडौं–१५ बस्ने वर्ष ५९ को चिरञ्जिवी पौडेल र स्याङ्जाको वालिङ नगरपालिका–११ घर भई हाल टोखा नगरपालिका–७ बस्ने वर्ष ६१ को शान्तिरमण पंगेनी रहेका छन्।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोलीले असार ९ गते काठमाडौंको विभिन्न स्थान्बाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरू उपर काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .