त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित कतारबाट आएका तीनजना पक्राउ परेका छन्।
भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुनका सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका १६ घर भएका ३३ वर्षीय अशोक पासवान, धनुषाको सबैला नगरपालिका १३ का ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौँको तारकेश्वर नगरपालिका९२ की २४ वर्षीया आसिका केसी रहेका छन्।
कतार एयरलाइन्सको उडानमा कतारबाट काठमाडौँ आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया