ad ad

समाज


रोल्पा दुर्घटना : एकै घरका दाजुभाइ र आमाछोरीको मृत्यु

रोल्पा दुर्घटना : एकै घरका दाजुभाइ र आमाछोरीको मृत्यु

नेपालखबर
असार १८, २०८१ मंगलबार ८:४६, काठमाडौँ

रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा नाबालिका छोरीसहित आमा र एकै घरका दाजुभाइको पनि मृत्यु भएको छ। 

दुर्घटनामा ज्यान गुमाउने रोल्पाको माडी गाउँपालिका ३ का ७७ वर्षीय खड्ग डाँगी र करिब ५० वर्षीय चुपलाल डाँगी सहोदर दाजुभाइ रहेका माडी- ३ का वडाध्यक्ष बलबहादुर बुढाले जानकारी दिए। 

त्यसैगरी सोही ठाउँकी करिब ३० वर्षीया अमृता घर्तीले पनि आफ्नी १८ महिने छोरीसहित दुर्घटनामा ज्यान गुमाएकी वडाध्यक्ष बुढाले बताए। 

‘दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएको छ,’ वडाध्यक्ष बुढाले नेपालखबरसँग भने, ‘घाइते हुने आठ जना सबै यही गाउँका हुन्।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .