ad ad

ग्लोबल


हराएकी पत्नी अजिंगरको पेटभित्र!

हराएकी पत्नी अजिंगरको पेटभित्र!

रासस/एएफपी
असार १९, २०८१ बुधबार २२:३, माकासर, इन्डोनेसिया

मध्य इन्डोनेसियामा अजिंगरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ।

आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएकी ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनी अजिंगरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ। 

घटनाबारे गाउँ सचिव इयाङलेले भने, “उहाँका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पार्नुभएको, त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिंगर देख्नुभएको र उसको पेट धेरै ठूलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिंगरको पेट चिर्नुभएको थियो।  पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन्।”

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिंगरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्।

गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिंगरलाई मारेका थिए।

सन् २०१८  मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिंगरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .