सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका १० जना कामदारहरूको सकुशल उद्धार गरिएको छ।
शुक्रबार पुरिएका मजदुरको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो।
ढलान भत्कँदा पुरिएका थप दुईजनाको खोजी जारी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौंतर्फ ल्याइएको सशस्त्रले जनाएको छ।
93
Shares
प्रतिक्रिया