ad ad

समाज


भारतमा एकै परिवारका ७ जनालाई एकसाथ बाढीले बगाएको भिडिओ भाइरल

यस्तो छ दर्दनाक घटना
भारतमा एकै परिवारका ७ जनालाई एकसाथ बाढीले बगाएको भिडिओ भाइरल

एकै परिवारका ७ जना तीव्र बेगको पानीमा एकअर्कालाई समातेर बच्ने प्रयास गर्दै गरेको दृश्य। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
असार २३, २०८१ आइतबार २१:१३, काठमाडौँ

सामाजिक सञ्जालमा अहिले भारतमा एकै परिवारका ७ जनालाई बाढीले बगाएको एउटा भिडओ भाइरल भइरहेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना यही असार १६ गते अर्थात् गत जुन ३० तारिखको हो।

महाराष्ट्र राज्यको मुम्बईबाट ८० माइल टाढा लोनावालामा एकै परिवारका ७ जना बिदा मनाउन गएका थिए। जहाँ बाँध बाँधेर झरना बनाइएको छ।

त्यस दिन बिहानैदेखि भइरहेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो। जसका कारण झरनामा पानीको बहाव तीव्र थियो। 

रमाइलो गर्ने क्रममा त्यो परिवारका सातै जना झरनामा गए। तर अचानक आएको बाढीले उनीहरूलाई बगाउन थाल्यो। सार्वजनिक भिडिओमा उनीहरू आत्तिँदै एकअर्कालाई समातेर ढुंगामा उभिएको देखिन्छ। 

तर केही मिनेटमै, पानीको बलियो छालले उनीहरूलाई जित्यो र उनीहरू सबै पानीसँग बगे। उद्धारका लागि उनीहरू चिच्याए।

त्यहाँ उपस्थित अन्य पर्यटकले चाहेर पनि बचाउन सकेनन्। किनकि पानीको बहाव डरलाग्दो थियो। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थल पुगेको थियो।

उनीहरूले डोरी र ट्रेकिङ गियरले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरे। तर सकेनन्। 

त्यस क्रममा दुई जना मात्र पौडी खेलेर निस्किन सफल भए। बेपत्ता पाँच जनामध्ये त्यही दिन ३ जनाको शव भेटियो भने भोलिपल्ट थप एक जनाको शव भेटियो। योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ भने अर्का एक जनाको खोजी जारी रहेको जनाइएको छ।

हेर्नुहोस् यो भिडिओमा त्यो दर्दनाक दृश्य-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .