नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ। विभिन्न अप्ठ्याराका कारण रोकिएको बाँकी एपिसोड आगामी बिहीबार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने सेफ नेपालले जनाएको छ।
आउँदो शनिबार एकजना उत्कृष्ट प्रतिस्पर्धी पहिलो फुड रियालिटी सोको विजेता छनोट हुने जानकारी सेफ नेपालका धर्मराज पाण्डेले जानकारी दिए।
ललितपुर बुङमतीमा रहेको इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्यान्ड बाँकी एपिसोडका लागि मुख्य प्रायोजकमा जोडिएको छ।
कार्यक्रमको निर्णायकमा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका छन्। एक सय प्रतियोगी छनोट गरी सुरू भएको सोमा अब उत्कृष्ट आठ प्रतियोगीको प्रतिस्पर्धा हेर्न पाइनेछ।
खाना संस्कृतिको धनी देश नेपालमा पहिलोपटक फुड रियालिटी सो सन्चालन हुनु निकै गर्वको कुरा रहेको र यसले नेपाली रेसिपीको प्रवर्द्धनसँगै भान्से पेसालाई अझ गर्विलो बनाएको निर्णायकहरूको भनाइ छ।
प्रतिक्रिया