ad ad

समाज


जिपसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

जिपसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
असोज २, २०८१ बुधबार १७:३९, काठमाडौँ

कैलालीको गोदावरी नगरपालिका–५ बिजौरास्थित सडकमा जिप र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

सुपप्र०१–००१ च ४०४६ नम्बरको जिप र सुप प्र ०१–०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ बस्ने २६ वर्षीय सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .