ad ad

समाज


पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

नेपालखबर
असार २५, २०८१ मंगलबार १९:५९, काठमाडौँ

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) गजुरी, धादिडले पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक राति ५ घण्टा बन्द हुने सूचना जारी गरेको छ।

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे -मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोला पुलहरूको मर्मत गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले ५ घण्टा बन्द गर्नुपरेको सूचनामा उल्लेख छ।

असार २६ देखि साउन ९ गतेसम्म हरेक राति बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरूलाई पूर्णरूपमा रोकिने सूचनामा लेखिएको छ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन मात्र चल्न पाउने भनिएको छ।

सम्पूर्ण सवारी चालकहरूले आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्नसमेत सूचित गरिएको छ।

वैकल्पिक मार्गको रूपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सकिने पनि सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .