ad ad

समाज


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखबर
असार २६, २०८१ बुधबार १७:४६, काठमाडौँ

मोटरसाइकल दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–६ बडैया बस्ने ३५ वर्षीय नन्दराम चौधरीको मृत्यु भएको छ।

गोदावरी–७ हरैयास्थित सडकमा बा.५ ख १४१० नम्बरको बसले सु.प.प्र.०१–०११ प ४६५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा उनको ज्यान गएको हो।
 
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई
उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ पठाइएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता, धनुषाको नगराईन नगरपालिका–३ बलहती पोखरी नजिक सडकमा ना.५ ख २८४० नम्बरको बसले प्रदेश २–०२–००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामनन्द अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी, रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवास्थित ना ६ त ८४४७ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई पल्टिदाँ चालक वृन्दावन नगरपालिका–२ बस्ने २२ वर्षीय सरोज पटेलको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .