ad ad

समाज


कञ्चनपुरमा ७८ वर्षकै ‘रेकर्ड ब्रेक’ गर्ने वर्षाबारे अध्ययन गर्न खटियो मौसमविद्को टोली

कञ्चनपुरमा ७८ वर्षकै ‘रेकर्ड ब्रेक’ गर्ने वर्षाबारे अध्ययन गर्न खटियो मौसमविद्को टोली

फाइल फाेटाे : कञ्चनपुर


नेपालखबर
असार २७, २०८१ बिहिबार १९:१०, काठमाडौँ

कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ।

विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ।

विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो।

कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ।

कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो, यन्त्र उपकरण ठीक छ/छैन लगायत सबै विषयमा अध्ययन गरिने उनले बताइन्। 

अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ।

पानी पर्दाको अवस्थामा स्थानीयको अनुभव लिइनेछ।

कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा यही असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो।

त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरेको छ। सो क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो।

विभागबाट प्राप्त विवरणअनुसार दोधारामा ६ सय २४ मिलिमिटर, हनुमाननगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .