ad ad

समाज


पछिल्लो २४ घण्टामा कहाँ–कहाँ भयो ‘धेरै भारी वर्षा’?

पछिल्लो २४ घण्टामा कहाँ–कहाँ भयो ‘धेरै भारी वर्षा’?

तनहुँको व्यास नगरपालिका–१ करङकाठस्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले पल्टाएका बस। बाढीले पार्किङ गरिराखेका दुईवटा बस पल्टिएको हो। तस्बिर : कृष्ण न्यौपानेररासस


नेपालखबर
असार २८, २०८१ शुक्रबार ९:३४, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका ८ स्थानमा ‘धेरै भारी वर्षा’ भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ९:२४ बजे दिएको तथ्यांकअनुसार रुपन्देहीका २, नवलपुरको १, पाल्पाको १, कास्कीको १, चितवनको १, तनहुँको १ र गोरखाको १ स्थानमा सय मिलिमिटरभन्दा माथिको वर्षा भएको हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। 

बितेको २४ घण्टामा रुपन्देहीको तिलोत्तमामा १५९.८, चितवनको त्रिशूलीस्थित कालीखोलामा १४०.४, रुपन्देहीको भैरहवामा १३६.२, तनहुँको सखरमा १३३, नवलपुर जिल्लाको देउरालीमा ११८.२, गोरखाको वीरेनचोकमा १०८.८, पाल्पाको गण्डकोटमा १०३.४ र कास्कीको लामापाटनमा १००.२ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ। 

यसभन्दा मुनि मात्राको वर्षा त देशका अधिकांश स्थानमा भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .