ad ad

समाज


३० असार : मेषले बोलेकै भरमा कार्य सम्पादन गर्ने, वृषलाई प्रेमीको साथ मिल्ने, तपाईँलाई के?

३० असार : मेषले बोलेकै भरमा कार्य सम्पादन गर्ने, वृषलाई प्रेमीको साथ मिल्ने, तपाईँलाई के?

पण्डित नारायणप्रसाद दुलाल
असार ३०, २०८१ आइतबार ४:४७, काठमाडौँ

आज शनिबार, ३० असार २०८१ (१४ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बोलीको भरमा कार्य सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ। कसै कसैका लागि सन्तान सुखको योग पनि छ।

भाग्यशाली रङ्ग निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।     

वृष : कुनै कुराले मनमा शान्ति छाउला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको साथ र भ्रमणको योग समेत रहेको छ। कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो, यात्रा नगर्ने।

मिथुन : दिन त्यति राम्रो देखिँदैन। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला। प्रेम सम्बन्धमा असमझदारी पनि बढ्नसक्छ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : धार्मिक कार्य सफल नै रहनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। वैदेशिक क्षेत्रको कामबाट लाभ हुनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

सिंह : प्रियजनको सहयोगले गर्दा कामबाट फाइदा लिन सकिनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ। तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन। धर्मकर्ममा मन लाग्नेछ।

भाग्यशाली रङ्ग आकाशे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग  ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : कन्या राशिका जातकका लागि आजको दिन फलदायी नै रहनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ।

भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङ्गको प्रयोग नगर्ने।

तुला : बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ तर मनोरञ्जनमा सहभागी भइनेछ। 

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रतिस्पर्धी परास्त होलान्। व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ।

भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।    

धनु : सामाजिक कामको दायित्त्व बढ्नेछ। महिलाबाट विशेष सहयोग मिल्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने।कालो रङ्गको प्रयोग नगर्ने। 

मकर : शुभकार्यको चर्चा चल्नेछ। आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने।सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने। 

मीन :अधुरो काम पूरा होला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ। भूमिबाट पनि लाभ नै रहला।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङ्गको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .