ad ad

समाज


सिमलताल पहिरोमा बेपत्ता दुई बस खोज्न थपियो सुरक्षा फौज

सिमलताल पहिरोमा बेपत्ता दुई बस खोज्न थपियो सुरक्षा फौज

नेपालखबर
असार ३०, २०८१ आइतबार १४:१५, काठमाडौँ

चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजीका लागि सुरक्षा फौजको संख्या बढाइएको छ। 

सशस्त्र प्रहरी र गोताखोर टिमसहित जम्मा २ सय ६ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। 

जसमा, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित १ सय ६ जना, गढीमाइ बाहिनी नं ३ र नं १७ गत चितवनबाट डीएसपीको कमान्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना, पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यविन्दु र देवचुलीका विभिन्न ठाउँमा ४१ जना गरी २ सय ६ जना उद्धारमा खटिएका हुन्। 

त्यस्तै, यसअघि प्रयोग गरिएका सबै उपकरणसहित ७ वटा र्‍याफ्ट बोट, १ मोटर बोट र १ कायाकसमेत परिचालन गरी उद्धारलाई तिव्रता दिइएको बताइएको छ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई  बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार भेटिएका शवमध्ये तीनको पहिचान खुलेको छ। 

माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार प्रान्तको सीतामणिस्थित बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो। 

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए।

गौरतर्फ गइरहेको बसमा ३८ तथा  काठामाडौँतर्फ आइरहेको बसमा २७ यात्रु बेपत्ता भएका अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .