ad ad

समाज


पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक अढाई घण्टादेखि अवरुद्ध, यात्रु मर्कामा

पहिरो खसेपछि मुग्लिन-काठमाडौँ सडक अढाई घण्टादेखि अवरुद्ध, यात्रु मर्कामा

लेदाे माटाे थुप्रिएकाे सडक।


नेपालखबर
साउन ७, २०८१ सोमबार ७:२५, काठमाडौँ

चितवनको फिस्लिङमा पहिरो जाँदा अढाई घण्टादेखि मुग्लिन काठमाडौँ सडक अवरुद्ध भएको छ।

सोमबार बिहान पौने पाँच बजे चितवनको इच्छाकामना- ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। 

‘केहीबेरअघिबाट एउटा जेसीभी प्रयोग गरेर सडकको लेदो हटाउन थालिएको छ। हामीले पहिरो हटाउन लोडर पनि मगाएका छौँ,’ उनले नेपालखबरसँग भनिन्, ‘सम्पूर्ण पहिरो हटाएर सडकमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्छ।’ 

पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ। यसले काठमाडौँबाट बाहिरिँदै गरेका र देशका विभिन्न स्थानबाट राजधानी भित्रिँदै गरेका हजारौँ यात्रु मर्कामा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .