ad ad

समाज


बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता

बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता

नेपालखबर
साउन ९, २०८१ बुधबार १७:५७, काठमाडौँ

बाँसवारी छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ।

हाल चाँदबाग स्कुलले चर्चेको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो।

नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी जग्गा हड्पिएको सम्बन्धमा अनुसन्धान गरेको थियो।

ब्यूरोले अनुसन्धान पछि गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गर्न भनेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद वाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले माघ २५ गते २१ दिन भित्रमा उपस्थित हुन पत्र पठाएको थियो।

सीआईबीले अध्यक्ष ठाकुरसहित चाँद वागका सञ्चालक यापारी अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेर अनुसन्धान गरेको हो। पछि अदालतको आदेशले उनीहरू छुटिसकेका छन्।

उनीहरुले सुरुमा च्याम्पियन फुटवेयर लिमिटेड नामक सार्वजनिक कम्पनी खडा गरेका थिए। तर पछि निजी कम्पनी बनाएको पाइएको छ।

हाल उक्त कम्पनीको नाम पनि चाँदवाग रेसिडेन्सी प्रालि रहेको छ। बाँसबारीको हडपिएको जग्गा हाल चाँदवागकै नाममा रहेको थियो।

यो कम्पनीका नाममा कारखानाको १० रोपनी जग्गा दिने निर्णय गर्दा अध्यक्ष अजितनारायण थापा रहेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .