ad ad

समाज


शव पोस्टमार्टममा खटिए २५ चिकित्सक, एउटाको कम्तीमा ४ घन्टा लाग्ने (भिडिओ)

आफन्तलाई शव बुझाउनुअघि ‘कस्मेटिक सर्जरी’ गरिने
शव पोस्टमार्टममा खटिए २५ चिकित्सक, एउटाको कम्तीमा ४ घन्टा लाग्ने (भिडिओ)

फोरेन्सिक विभागका प्रमुखप्रमुख डा. गोपाल प्रसाद चौधरी (तस्बिर : सरोज नेपाल)


नेपालखबर
साउन ९, २०८१ बुधबार १९:१४, काठमाडौँ

बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाका मृतकहरूको पोस्टमार्टम कार्य थालिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि १८ वटा शवहरू पुर्‍याइएका छन्। 

जसको पोस्टमार्टम प्रक्रिया आजै सुरु गरिने अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा. गोपाल प्रसाद चौधरीले जानकारी दिए। 

उनका अनुसार, एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घन्टा समय लाग्छ। 

‘शव एकदमै धेरै जलेको छ। हामी सकेसम्म चाँडोभन्दा चाँडो सक्नेगरी काम अघि बढाएका छौँ,’ उनले भने।

शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने अस्पताल प्रशासनले जनाएको छ। ‘आफन्तलाई देखाउनुअघि हामीले त्यसलाई कस्मेटिक सर्जरी गर्छौँ,’ बुधबार त्रिवि परिसरमा शवबारे जानकारी गराउँदै डा. चौधरीले भने। 

पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएका छन्। चाँडोभन्दा चाँडो पोस्टमार्टम सक्नेगरी तयारी गरिएको पनि उनले बताए। 

सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरिरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिनेछ। 

त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उनले बताए। 

यदी कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने उनले बताए। 

बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज केही सकेन्डमै दुर्घटनामा परेको थियो। 

दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको छ।

चालक मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .