ad ad

समाज


सर्वोच्चका सह-रजिस्ट्रार र उच्च अदालतका रजिस्ट्रारहरूको सरुवा (सूची)

सर्वोच्चका सह-रजिस्ट्रार र उच्च अदालतका रजिस्ट्रारहरूको सरुवा (सूची)

नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:६, काठमाडौँ

सर्वोच्च अदालतले ७ जना अधिकृतको सरुवा गरेको छ।

सर्वोच्च अदालत, उच्च अदालत र विभिन्न कार्यालयका प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गरिएको हो। 

उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीको सर्वोच्च अदालतमा सरुवा भएको छ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार श्रीलाल पौडेलको स्थानमा उनलाई सरुवा गर्दै पौडेललाई उच्च अदालत पाटनको रजिस्ट्रारमा पठाइएको छ।

उच्च अदालत तुलसीपुरका रजिस्ट्रार उच्च अदालत पोखरामा सरुवा भएका छन् भने उच्च अदालत पोखराका रजिस्ट्रार अच्युत कुइँकेल सर्वोच्च पठाइएका छन्।

प्रशासकीय अदालतका रजिस्ट्रार गजेन्द्रबहादुरसिंह फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकमा सरुवा भएका छन्।

काजमा सर्वोच्च अदालतमा रहेका रामप्रसाद भट्टराई प्रशासकीय अदालतमा सरुवा भएका छन्। 

फैसला निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेललाई उच्च अदालत तुलसीपुर सरुवा गरिएको सर्वोच्च अदालतले जनाएको छ।

हेर्नुहोस् सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .