ad ad

समाज


दैलेखको छामघाटमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

दैलेखको छामघाटमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १६:५, काठमाडौँ

दैलेखको छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजेको समयमा छामघाटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

उनीहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका(३ अमार्से निबासी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेका छन्।

शुक्रबार छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र मगरातीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .