ad ad

समाज


कैलालीमा थप दुईजनामा हैजा पुष्टि

कैलालीमा थप दुईजनामा हैजा पुष्टि

नेपालखबर
साउन १३, २०८१ आइतबार २१:२४, अत्तरिया

कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन्। योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ। यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए।

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए। नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उनले जानकारी दिए। यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .