ad ad

समाज


रामेछापमा व्यक्ति हत्याका आरोपी भक्तपुरबाट पक्राउ

रामेछापमा व्यक्ति हत्याका आरोपी भक्तपुरबाट पक्राउ

नेपालखबर
साउन २४, २०८१ बिहिबार १८:५३, काठमाडौँ

गएको असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, घर भइ सल्यानिभीरमा मृत फेला परेका ४१ वर्षीय गणेश पाठकको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, बस्ने वर्ष १९ को रुजन श्रेष्ठ रहेका छन्।

वारदात पश्चात फरार रहेका उनको खोजतलास गर्दा भक्तपुरको सूर्यविनायक-८,दार्जिलिङ हाईटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठमाथि आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .